समाचार

सिद्धार्थ माविका पूर्व विद्यार्थीले गरे विद्यालयलाई सहयोग

संवाददाता

हेटौंडा \  हेटौंडा -२ मा रहेको सिद्धार्थ माविलाई पूर्व विद्यार्थीहरूले विभिन्न सामाग्री सहयोग गरेका छन। सोही विद्यालयबाट २०६९ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेका पूर्व विद्यार्थीहरूले प्राथमिक स्वास्थ्य सामाग्री,डस्टविन,घडी लगायतका सामाग्री सहयोग गरेका हुन।

सरस्वती पूजाको अवसर पारेर आफूहरूले शिक्षा आर्जन गरेको विद्यालयलाई ३२ वटा डस्टविन,३० थान भित्तेघडि,२ थान प्राथमिक उपचार सामाग्री सहितको फस्टएड बाक्स सहयोग गरेको विद्यालयका पूर्व विद्यार्थी सन्तोष धितालले बताए।

उक्त सामाग्री बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्मालाई हस्तान्तरण गरेका हुन।