
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरा खोरभञ्ज्याङमा रहेको गौरीशंकर महादेव आधारभुत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक ट्राकसुट वितरण गरीएको छ । वडा कार्यालय र विद्यालयको आर्थिक सहयोगमा बालविकास केन्द्र देखि कक्षा तीन सम्मका सम्पूर्ण विद्यार्थीलाई पोशाक प्रदान गरीएको हो ।
वडा सदस्य प्रतिमान रुम्बाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा करिब ४० जना विद्यार्थीलाई अभिभावकको उपस्थितीमा प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक कविता थापाले बताईन् । भर्ना गर्दा ४७ जना विद्यार्थी थिए तर बीचमा बसाइसराई र विद्यालय छाड्ने अवस्थाले विद्यार्थी संख्या घट्दो रुपमा रहेको बताउदै थापाले पोशाक वितरण पश्चात विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको झुकाव रहेको बताईन् ।
अहिले इसिडी देखि कक्षा ३ सम्म ३९ जना विद्यार्थी रहेको बताइन् । पोशाक वितरणमा विद्यालयका व्यवस्थापनका अध्यक्ष निर्मला घलान, शिक्षक तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।








