
सिधाखबर \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ मा रहेको रानीसेरा माध्यमिक विद्यालयमा न्यानो कपडा स्वीटर वितरण गरिएको छ ।
नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाका सभापति राजविर मोक्तान र गाउँपालिका तरुण अध्यक्ष सानोकान्छा थिङको पहलमा तथा प्रदेश सभा सदस्य ईन्द्र बहादुर बानियाँ र समाजसेवी श्रवण गोयलको सहयोगमा स्वीटर वितरण गरिएको हो ।
आइतबार एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययनरत २१२ जना छात्रछात्रालाई न्यायो कपडा स्वीटर वितरण गरिएको तरुण अध्यक्ष सानोकान्छा थिङले बताए । विपन्न तथा साना बालबालिकालाई जाडोको समयमा केहि हद सम्म भएका पनि पढ्न लेख्न न्यानो होस् भनी स्वीटर वितरण गरीएको थिङले बताए ।
स्वीटर वितरण नेपाली कांग्रेस जिल्ला सदस्य अर्जुन प्रसाद दाहालको प्रमुख अतिथ्यतामा भएको थियो । कार्यक्रममा जिल्ला सदस्य दोर्जे लामा स्याङ्तान, मकवानपुरगढी गाउँपालिका सभापति राजविर मोक्तान, वडा १ का अध्यक्ष आइत सिं लो लगायत विद्यालयका शिक्षक तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।









