
मोवाइल एशोसिएसन अफ नेपाल मकवानपुरले आफ्ना वार्षिक कार्यक्रमहरुको योजना तर्जुमा गरेको छ । नवनिर्वाचित कार्यसमितिले चितवनको सौराहामा २ दिन आफ्ना एशोसिएसनका सदस्यहरु लक्षित विभिन्न वार्षिक कार्ययोजना तर्जुमा गरिएको एशोसिएसनका महासचिव तथा प्रवक्ता राजकुमार दाहालले बताए ।
वस्तुगत सेभेन ए साइड फुटबल, आँखा शिविर सहित १२ वटा कार्यक्रम र सोही कार्यक्रमको संयोजक समेत तोकेर योजना बनाइएको दाहालले बताए । एशोसिएसनका संस्थापक अध्यक्ष छतेन्द्र्र आचार्य, सल्लाहकार सविन न्यौपाने, निवर्तमान अध्यक्ष एसिस रिजालको उपस्थिती तथा एशोसिएसनका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।








