समाचार

मनकामना दुग्ध सहकारी निर्वाचन : ५० मत अन्तरले दाहाल विजयी

संवाददाता

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको मनकामना दुग्ध उत्पादक सहकारी सस्थां लि को अध्यक्ष पदमा अर्जुन प्रसाद दाहाल निर्वाचित भएका छन्, । सुरुमा उम्मेदवारी दिने बेला पाँच जनाको उम्मेदवारी दर्ता गरेका पनि अन्तत दुइ जनाको प्रतिस्पधाए रहेको थियो । दाहालले अध्यक्ष पदका उम्मेदवार रोमनाथ रेग्मीलाई ५० मतको अन्तरले पराजित गरेका हुन् ।

संस्थाको संचालक समिति तथा लेखा समितीका अरु सबै पद सहमतिमा निर्विरोध भएपनी अध्यक्ष पदमा सहमति जुटन नसकेपछि आज बिहिबार बिहानबाट मतदान भएको थियो ।

कूल ३ सय ७३ जना मतदाता मध्ये निर्वाचनमा ३ सय ३५ जना सहभागी भएका थिए जस मध्ये ५ मत बदर भएको निर्वाचन उपसमिति संयोजक गोविन्द शर्मा तिमल्सिनाले बताए । मतदाताले दाहाललाई १९० मत दिएका थिए भने रेग्मीलाई १४० मत दिएका थिए ।

सहकारी संस्थाको अन्य पदमा निर्विरोध हुनेहरुमा उपाध्यक्षमा केदार प्रसाद लम्साल , जिल्ला प्रतिनिधि सदस्यमा जनक प्रसाद रेग्मी, सदस्यहरुमा हरि प्रसाद दाहाल, सरस्वती अधिकारी, धर्म प्रसाद तिमल्सिना, कृष्ण प्रसाद लामिछाने, कविता न्यौपाने र सानुकान्छा वाईबा रहेका छन् ।