समाचार

नेपालमा थप १६० जनामा कोरोना पुष्टि

संवाददाता

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १६५ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७३७ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या २ हजार ४७ जना पुगेको छ ।