समाचार

नेपालमा थप १३० जनामा कोरोना पुष्टि

संवाददाता

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १९४ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख ६८ हजार २६६ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७४४ सय जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या २ हजार ४५ जना पुगेको छ ।