समाचार

राईगाउँमा ल्होछार मनाइने

संवाददाता

तामाङ समुदायको सास्कृतिक पर्व २८५७ औ लाङ ल्हो (गाई बर्ग) सोनाम ल्होछारको अवसरमा राईगाउँ युवा क्लबको आयोजनामा मकवानपुरको बागमती गाउँपालिका २ राईगाउँमा ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

राईगाउँ युवा क्लबको आयोजनामा यहिँ फागुन १ गते बागमती गाउँपालिका २ राईगाउँ बजार टोलमा हुने साँस्कृतिक कार्यक्रममा भेषभुषा, संस्कृति, तामाङ संस्कृति राष्ट्रिय कलाकारहरु गायक मार्मिक लामा , सुरेश लामा,मदन घलान ,फुलकुमार बम्जन ,सुरज जिम्बा गायिका शशिकला मोक्तान ,निर्मला घिसिङ्ग ,रेश्मा बम्जन ,सुजिता जिम्बा ,नायिका सुनिता लुङ्गबा , कार्यक्रम संचालन स्मारिका थिङ्गले गर्ने साथमा स्थानिय कलाकारहरुको बिशेष प्रस्तुत रहने क्लबका अध्यक्ष तथा कार्यक्रम संयोजक छबि बम्जनले बताएका छन् ।

सास्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान रहने भएका छन् ।