समाचार

मउवा संघद्धारा एसपी राठौंरको स्वागत

संवाददाता

सिधाखबर \ मकवानपुर उद्योग वाणिज्य संघद्धारा मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको स्वागत गरेको छ । आइतबार संघको हलमा संघका अध्यक्ष सहित पदाधिकारीहरुले सामुहिक स्वागत गरेका हुन् ।
संघका अध्यक्ष कृष्ण कटुवालले संघको इतिहास देखि हाल वर्तमान अवस्थाबारे जानकारी गराएका थिए ।

उद्योग संग जोडिएका सुरक्षा सम्बन्धित गरिनुपर्ने क्रियाकलापबारे बताउदैं अध्यक्ष कटुवालले नाका संग जोडिएको जिल्ला र चारैतिर सडक संजाल भएको प्रदेश राजधानी मकवानपुरमा शान्ति सुरक्षा हुनेमा आफु विश्वस्त रहेको बताए ।
स्वागत पश्चात प्रहरी उपरीक्षक राठौंरले मकवानपुर जिल्ला संग आफ्नो पुरानो सम्बन्ध रहेको बताए ।

जिल्लाको पहिलो प्रहरी निरीक्षकको रुपमा आफ्नो बुबा यहीँ सेवा गर्नुभएको र आफु पर्सा जिल्लामा कार्यरत हुदाँ मकवानपुरसंग नजिक रहेको बताए । उनले आफु यहाँ रहुन्जेल शान्ति सुरक्षामा कुनै पनि कम्प्रमाइज नगरिने बताए । जिल्लाको मुख्य अपराध बालविवाह, गाँजा र युवा दुव्र्यशन रहेको पाइएको र यसको न्युनिकरण गर्न आफु हरक्षण लागि रहने बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्षद्धय कृष्ण गुप्ता अग्रवाल, राम प्रसाद न्यौपाने, महासचिव प्रमोद सिं रानाभाट, सचिवहरु काव्यमणि अधिकारी, सन्तोष अर्याल, विष्णुगोपाल महर्जन, सिलाई कटाई व्यवसायी संघ मकवानपुरका अध्यक्ष मेनका श्रेष्ठ सहित अन्य संघका सदस्यहरुको उपस्थिती रहेको थियो ।