समाचार

सामसुङका तीनवटा नयाँ मोडलका मोवाइल बजारमा

संवाददाता

सामसुङ ब्रान्डका तीनवटा नयाँ मोडलका मोवाइल आइतबारबाट बजारमा ल्याइएका छन् । विश्वभर स्मार्टफोन ब्रान्डको रुपमा रहेको सामसुङका एस २१, एस २१ प्लस र एस २१ अल्ट्रा तीन वटा मोडलका मोवाइल सेट आज देशभर सहित बागमती प्रदेशको राजधानी हेटौंडामा पनि उक्त फोन बजारमा ल्याइएको छ । सामसुङ मोवाइल फोनको आधिकारिक विक्रेता आर.एम इन्टरप्राइजेजले एक कार्यक्रमका बीच फोन सार्वजानिक गर्दै विक्री सुरुवात गरेको छ ।

मोवाइल एशोसिएसन अफ नेपाल मकवानपुरका अध्यक्ष दिनेश लामा, निवर्तमान अध्यक्ष एसिस रिजाल लगायत मोवाइल व्यवसायीहरुको उपस्थितीमा फोन सार्वजनिक गरिएको थियो ।

फोन प्री बुकिङ गरिएकोमा विभिन्न अफर रहेको थियो । प्री बुकिङमा ३० वटा फोन बुकिङ भएको जनाइएको छ । जसमा एस २१ अल्ट्रा बढी बुकिङ गरिएको आर.एम इन्टरप्राइजेजका सञ्चालक रोहिनी प्रसाद गौतमले बताए । उक्त मोवाईल सेटको बजार मुल्य १ लाख ५४ हजार ९९९ रहेको बताए । १२/२५६ जिवी मेमोरी रहनुका साथै पाँच हजार एमएच ब्याक्ट्री पावर रहेको सो फोनको १०८ र फ्रन्ट क्यामेरामा ४० मेघापिक्चल क्यामेरा रहेको छ । यस सेटमा अन्य सेट भन्दा एसपेन सर्पोट गर्ने र १०० टाइम जुम गर्न मिल्ने प्रविधि जोडिएको गौतमले बताए ।

एस २१ प्लस फोन सेटको बजार मुल्य १ लाख २९ हजार ९९९ पर्नेछ । उक्त सेटमा ८/२५६ जिवी मेमोरी रहनुका साथै ६४ र फ्रन्ट क्यामेरा १० डोयल पिक्चल क्यामेरा रहेको छ । त्यस्तै, एस २१ मोवाइल सेटको मुल्य भने १ लाख ९ हजार ९९९ रहेको छ । उक्त सेटमा ८/२५६ जिवी मेमोरी रहनुका साथै ६४ र १० डोयल पिक्चल क्यामेरा रहेको छ ।

संचालक गौतमका अनुसार हाल प्री बुकिङमा ३० वटा सेट हेटौंडा आइपुगेको र भोलीबाट हेटौंडाका विभिन्न मोवाइल पसलमा तीनवटै मोडेलका मोवाइल सेट उपलब्ध हुने बताए । देशभर एकैसाथ तीनवटा मोडेलमा मोवाइल सेट सार्वजानिक भए संगै प्रदेश राजधानी हेटौंडामा पनि सार्वजानिक गरिएको उनले बताए ।