समाचार

भुमि आयोग मकवानपुरको अध्यक्षमा राना

संवाददाता

हेटौँडा  \  भुमि सम्बन्धी समस्या समाधान आयोगको मकवानपुर अध्यक्षमा रामेश्वर राना चयन भएका छन् भने विज्ञमा तुलसी प्रसाद रिजाल र आयोगको सदस्यमा प्रतिमा श्रेष्ठ चयन भएकी छिन्।

भूमिसम्बन्धी समस्या समाधान आयोग मकवानपुरको अध्यक्षमा हेटौंडा-११ का रामेश्वर राना मगर चयन भएका छन् । सोमबार सरकारले ७७ वटै जिल्लामा जिल्ला समिति गठन गरेसँगै नेकपा ओली समुहका मकवानपुर सह-ईन्चार्ज समेत रहेका राना आयोगको मकवानपुर अध्यक्षमा चयन भएका हुन। त्यसैगरी विज्ञको रुपमा हेटौँडा-४ का तुलसी प्रसाद रिजाल र सदस्यमा हेटौँडा-८ की प्रतिमा श्रेष्ठ चयन भएकी छिन्।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको जिल्ला समिति गठन गर्ने निर्णय गरेको थियो ।