समाचार

अटोमा ११ किलो गाँजा सहित एक जना नियन्त्रणमा

संवाददाता

जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट खटिएको प्रहरी टोलिले ११ किलो लागूऔषध गाँजा सहित अटो र त्यसका चालकलाई पक्राउ गरेको छ।

प्रहरीले मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीबाट अटोमा बोकी ल्याइएको ११ किलो लागूऔषध गाँजा बरामद गरेको हो । ना २ ह ४१०९ नम्बरको अटो र चालक पर्साको सखुवा पर्सौनी गाउँपालिक वडा नम्बर २ का चन्द्रबहादुर दमाईलाई प्रहरीले नियन्त्रण लिएको जनाएको छ ।

नियन्त्रण लिइएका दमाईको साथबाट ६७ हजार नेपाली र २ हजार ५ सय रुपैया भारतिय रुपैयाँ समेत बरामद गरेको प्रहरी नायब निरीक्षक ईन्द्र बहादुर रानाले बताए ।