समाचार

रानीसेरा माविको अभिभावक भेला, नयाँ समिति निर्वाचित

संवाददाता

मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ मा रहेको रानी सेरा माध्यामिक विद्यालयको ३५ औं वार्षिक अभिभावक भेला सोमबार भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुलमान गोलेको सभाध्यक्षता तथा वडा नम्बरका वडा अध्यक्ष आइतसिं लोको प्रमुख अतिथ्यतामा भेला भएको हो । भेलामा ३ वर्षको लागि नयाँ समिति चयन गरिएको छ । भेलाले अनिता लुङ्म्बा, विष्णुमाया भोम्जन, मान बहादुर स्याङ्तान र टेक बहादुर थिङ चयन भएका छन् ।

७ जनाको समितिमा आज चयन भएका समितिले एक पुरुष एक महिला मनोनित गर्नेछन्, । निर्वाचित जनप्रतिनिधि मध्ये एक जना गरि ७ जनाको समिति तयार हुने छ । त्यस्तै फुलमाया टुपाको संयोजकत्वमा ११ सदस्यीय शिक्षक अभिभावक समिति गठन गरीएको छ ।

३६६ जना विद्यार्थी रहेको विद्यालय यसै वर्षबाट कक्षा ९ सञ्चालन गरी माध्यामिक भएको वडा अध्यक्ष आइत सिं लोले बताए । २०४२ साल पुस १ गतेबाट सञ्चालन सुरु गरीएकोले अबदेखि पुस १ गते स्थापना दिवसको रुपमा मनाइने अध्यक्ष लोले बताए ।

भेलामा कक्षा १ देखि ८ सम्मका प्रथम,द्धितिय र तृतियलाई सहित विभिन्न विधाका पुरस्कृतहुनेलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख राम बहादुर घलान, वडा सदस्य सुवात सिं थिङ, प्रअ सुन्दर सिं लो, विद्यालयका संस्थापक अध्यक्ष लाल बहादुर गोले पुर्व अध्यक्षहरु लाल बहादुर लुङ्म्बा, तपेत सिंह लुङ्म्बा, चन्द्र बहादुर लो, कमल बहादुर लो, रत्नदेवी प्राविका प्रअ श्यामलाल श्रेष्ठ, शुभलाभ प्राविका प्रअ जानुका कार्की, टोल विकास संस्थाका अध्यक्ष, शिक्षक सुन्दर लुइटेल, राजकुमार घिमिरे लगायत अभिभावकको उपस्थिती रहेको थियो ।No description available.