
सिधाखबर \ मकवानपुरगढी वडा नम्बर ३ निवासी युवा व्यवसायी तथा समाजसेवी होम कुमार रेग्मीले आफ्नै खर्चमा विद्यार्थीलाई स्वीटर सहयोग गरेका छन् । रेग्मीले सोमबार एक कार्यक्रमको आयोजना गरि वडा नम्बर ३ मा रहेको कालीदेवी प्राथमिक विद्यालयमा ६० थान न्यानो कपडा स्वीटर सहयोग गरेका हुन् ।
आफ्नै बुबा संस्थापक प्रधानाध्यापक रहेको विद्यालयमा जाडोयाममा न्यानोहोस् भन्ने सोचले सानासाना भाइबहिनीलाई स्वीटर सहयोग गरेको रेग्मीले बताए ।
कार्यक्रममा वडा अध्यक्ष भागवत घिमिरे, कार्यपालिका सदस्य मञ्जु योन्जन, विद्यालउका संस्थापक प्रअ तिलक बहादुर रेग्मी विद्यालयका प्रअ विष्णु खड्का लगायतको उपस्थिती रहेको थियो ।









