
मकवानपुरगढी गाउँपालिकाले बालमैत्री स्थानीय शासनको पहिलो चरणको गाउँपालिका स्तरीय अभुमुखीकरण कार्यक्रम सोमबारबाट सुरु भएको छ । बालमैत्री स्थानीय शासन नीतिगत अवलम्बन तथा घोषणा सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको हो । गाउँपालिका अध्यक्ष विदुर हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हर्कमाया रुम्बा, प्रमुख प्रशासकीय अधिकृत, ८ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य,राजिनितक दलका प्रतिनिधि, गाउँपालिकाका सम्बन्धित शाखाका प्रमुख, वडा सचिवहरु, गाउँपालिका विद्यालयका प्रधानाध्यापक र अध्यक्ष, टोल विकासका प्रतिनिधि, स्वास्थ्य स्वंम सेविका, बाल क्लब, युवा तथा किशोरी समूह, प्रहरी, महिला सहकारीका प्रतिनिधि, पत्रकारको उपस्थितीमा अभिमुखीकरण भएको हो ।
बालमैत्री स्थानीय शासनका राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौबेले बालमैत्री स्थानीय शासनको परिभाषा, लक्ष्य, उद्देश्य,रणनिति र सिद्धान्तहरुबारे आज सहजीकरण गरेका थिए । दुई दिने कार्यक्रम पश्चात २८ बुदें नितिगत कार्यविधि तयार पारी कार्यान्वयनको लागि मैदानमा जाने सहजकर्ता चौबेले बताए ।
गाउँपालिकाले पहिलो चरणमा वडा नम्बर ३, ५ र ६ लाई बालमैत्री वडा घोषणा गर्न लागिएको छ । जेष्ठ मसान्त सम्म तिन वटा वडा घोषणा गरिने गाउँपालिका अध्यक्ष विदुर हुमागाईले बताए । तालिम पश्चात ३९ वटा सुचकमा रहि यसको कार्य तीव्र गतिमा अघि बढ्न सबै क्षेत्रलाई आग्रह गर्दै अध्यक्ष हुमागाइले सबैको सोच र प्रतिवद्धताले बालमैत्री शासन बनाउन सकिने बताए ।
नेपालमा संघीयता पछि पहिलो स्थानिय तह नवलपरासीको सुनवल नगरपालिका, दोस्रोमा नवलपरासीकै देवचुली नगरपालिका रहेका छन् । त्यस्तै गाउँपालिकामा भने मकवानपुरको मनहरी गाउँपालिका रहेको छ ।








