समाचार

हेटौंडामा ल्होछार विशेष सांस्कृतिक कार्यक्रम हुने

संवाददाता

सिधाखबर \ हेटौंडामा ल्होछार विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । मकवानपुर तामाङ कलाकार संघको आयोजनामा २८५७ औं लाङ ल्हो सोनाम ल्होछारमा विभिन्न सांस्कृतिक कार्यक्रम गरिने भएको हो ।

हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरि संघले माघ ३० गते हेटौंडाको टिसीएन चौरमा कार्यक्रम गरिने बताए । संघका महासचिव रविन्द्र तामाङका अनसार ल्होछार पर्वको संरक्षण र प्रवद्र्धन गर्ने, तामाङ समुदायको धर्म, संस्कृति, कला, भेषभुषा, भाषाको संरक्षण गर्ने र अग्रज कलाकारलाई सम्मान र नव प्रतिभालाई अवसर दिने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको बताए ।

उनले कार्यक्रममा ५ लाख ३० हजार खर्च हुने अनुमान गरिएको र ६ हजार दर्शकको उपस्थिती हुने अनुमान गरेको बताए । कार्यक्रम स्थलमा झाँकी प्रदर्शन, खानाका परिकार, गायन तथा नृत्य प्रदर्शन रहने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष धिरेन्द्र लामा, उपाध्यक्ष अनराज मोक्तान, सचिव विक्रम लुङ्गम्बा लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।