
सिधाखबर \ हेटौंडा लेडी जेसीजको २३औं पदस्थापन तथा सम्मान कार्यक्रम शनिबार भएको छ । राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णु ओझाको प्रमुख आतिथ्यता तथा हेटौंडा लेडि जेसीज वर्ष सन् २०२० का अध्यक्ष सुशिला पौडेलको सभाध्यक्षतामा पदस्थापन तथा सम्मान कार्यक्रम भएको थियो ।
हेटौडा लेडी जेसीजको सन् २०२१ का लागि निर्वाचित भएकी अध्यक्ष प्रतिमा श्रेष्ठ, कार्यकारणी उपाध्यक्ष कविता पौडेल,दिलमाया घर्ती,उपाध्यक्ष ज्योती काफ्ले,शिखा भट्टराई,अस्मिता न्यौपाने,सुनीता राईले पदभार ग्रहण गरेका थिए । नव निर्वाचित अध्यक्ष श्रेष्ठलाई निवर्तमान अध्यक्ष सुशिला पौडेल र उपाध्यक्ष तथा कार्यकारिणी उपाध्यक्षलाई नव निर्वाचित अध्यक्ष श्रेष्ठले सपथग्रहण गराएकी थिइन्, ।
पदस्थापन तथा सम्मान कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनी, हेटौडा जेसीज सन् २०२१ का अध्यक्ष लिसेन बस्नेत, सन् २०२० का अध्यक्ष राजदेव बानियाँ, मकवानपुर उघोग वाणिज्य संघ मकवानपुरका पुर्व अध्यक्ष राजकुमार न्यौपाने, वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट,विभिन्न जेसिज शाखाका अध्यक्ष तथा प्रतिनिधि, लेडी जेसिजका सदस्यहरुको सहभागिता रहेको थियो ।








