समाचार

बचत संघद्धारा उत्तरी क्षेत्र थाहानगरका सहकारी अनुगमन

संवाददाता

थाहा \ जिल्ला बचत तथा ऋण सहकारी संघद्धारा शुक्रबार मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरका सहकारीको अनुगमन गरेको छ । संघका अध्यक्ष कल्पना श्रेष्ठ सहितको पदाधिकारीको समुहले अनुगमन,परामर्श तथा भेट कार्यक्रम गरेको हो ।

पदाधिकारीहरुको नेतृत्वमा ३ वटा समुह विभाजन गरि थाहा नगरपालिकामा अवस्थित १२ वटा बचत तथा ऋण सहकारी संस्थाहरुको अनुगमन तथा परामर्श कार्यक्रम गरिएको थियो । अनुगमनको क्रममा साकोसको समस्या, चुनौती, अवलम्बन गर्नुपर्ने ऐन नियम, व्यवहारिकतालाई कानुन सम्बत कार्यान्वयन लगायतका विषयमा संस्थाको नीति, निर्णय,वार्षिक मासिक प्रतिवेदन, खाता, सफ्टवेयर, परिक्षण विषयमा छलफल गरिएको थियो । थाहानगरमा रहेका पाथीभरा साकोस, प्यासिफिक साकोस, गौतम साकोस, कुटेश्वरी महिला साकोस, हिमशिखर साकोस, शिखर साकोस, पुण्यश्री साकोस, कुन्छाल साकोस, महिला शक्ति साकोस, मेत्राङ साकोस, सुखी भविष्य साकोस र सहयोगी साकोस रहेका छन् ।

No description available.

अनुगमन पश्चात संघका टोलीले थाहानगरका उपमेयर खड्ग गोपाली संग सहकारीमा देखिएका समस्या र चुनौतीका साथ देखिएका अवसरबारे जानकारी गराएका थिए । सोही अवसरमा उपमेयर गोपालीले सहकारीमा रहेका साकोसहरूमा कुनै समस्या देखिएमा उचित सुझाव दिन र नगरपालिकामा जानकारी समेत गराउन आग्रह गरेका छन् ।