समाचार

एशोसीएसनका नयाँ कार्यसमितिबाट पदभार ग्रहण

संवाददाता

गत पुस २५ गते निर्वाचित मोवाइल एशोसीएसन अफ नेपाल मकवानपुर (म्यान)को नयाँ कार्य समितिको पदस्थापना तथा प्रमाण पत्र वितरण समारोह कार्यक्रम भएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच म्यान मकवानपुरका निवर्तमान अध्यक्ष एसिस रिजालले अध्यक्षमा निर्वाचित दिनेश लामालाई नयाँ कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गराएका हुन् । लामालाई निर्वाचन आयुक्त छतेन्द्र आचार्यले सपथ ग्रहण गराएका थिए । त्यसैगरी अध्यक्ष लामाले कार्य समितिका अन्य पदाधिकारीलाई पदभार ग्रहण गराएका थिए ।

म्यानको वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद न्यौपाने, उपाध्यक्षमा कुमारमणि त्रिपाठी, महासचिवमा राजकुमार दाहाल, सचिवमा शिवराज बास्तोला, कोषाध्यक्षमा नवराज चौलागाई र सहकोषाध्यक्षमा अनिल बानियाँ चयन भएका छन् । त्यसैगरी सदस्यमा राकेशकुमार केसी, नवराज त्रिपाठी, विशाल श्रेष्ठ, कृष्ण श्रेष्ठ,मिलन स्याङ्तान र प्रविण वैद्य चयन भएका थिए ।