समाचार

जेसीआई हेटौंडाको पदस्थापना कार्यक्रम

संवाददाता

जेसीआई हेटौँडाको नयाँ कार्यसमितिको पदभार ग्रहण र पुरस्कार वितरण कार्यक्रम भएको छ । शुक्रबार हेटौंडामा भएको पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रममा एक समारोहकाबीच लिसेन बस्नेत आगामी कार्यकालका लागि अध्यक्ष पदमा पदस्थापित भएका छन् ।

चुनावीबाट निर्वाचित बस्नेतलाई निवर्तमान अध्यक्ष राजदेव बानियाँ तथा कार्यक्रमका प्रमुख अतिथि कांग्रेस बागमती प्रदेशका सचेतक राधा घलेले अध्यक्षको चेन पहिराउँदै अध्यक्ष पदमा स्थापित गराइएको थियो ।

साथै नव निर्वाचित अध्यक्ष बस्नेतले हेटौँडा जेसिज बर्ष २०२१ का नयाँ कार्यसमितीमा निर्वाचित सम्पुर्ण कार्य समितिका पदाधिकाहरुलाई पदस्थापित गराएका छन् ।