समाचार

पत्रकार लामाको पहलमा विद्यार्थीलाई न्यानो कपडा

संवाददाता

सिधाखबर \ मकवानपुरगढी गाउँपालिका–५ मा रहेको ज्योति प्राथमिक विद्यालयका ३५ जना विपन्न विद्यार्थीलाई आइतबार न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग गरिएको छ ।

पत्रकार अमर लामाको पहलमा विद्यार्थीलाई स्वीटर, जुत्ता, ट्राउजर, शैक्षिक सामग्री तथा खेलौना प्रदान गरिएको हो । विद्यालयमा लामाले कोरिया, जर्मन, पोर्चुगलमा रहेका नेपालीहरुले पठाएको आर्थिक सहयोग रकमबाट विपन्न विद्यार्थीलाई आवश्यक न्यानो कपडा तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको लामा बताउछन् ।

May be an image of 19 people, people sitting and people standing

न्यानो कपडा तथा शैक्षिक सामग्री वितरणमा विद्यालयका अध्यक्ष एवम् ५ नम्बर का वडा सदस्य शुकराम थिङ, विद्यालयका प्रधानाध्यापक करुणा विष्ट, अभियान्ता सञ्जय लोप्चन, भुषण घलानसहित विद्यालय शिक्षक, अभिभावक लगायतको उपस्थिति थियो ।

हेटौंडाको रेडियो थाहासञ्चार र अनलाइनपत्र डटकममा आबद्ध लामाले सोही विद्यालयका शिक्षक पनि हुन् । उनले आफ्नो पहलबाट विपन्न विद्यार्थीलाई जाडोमा न्यानो कपडा सहयोग गर्न पाएकोमा सहयोगी मनहरुलाई धन्यवाद दिदैं आफु पनि खुसी रहेको बताए । उनले कोरियाबाट जगत वाईवाको नेतृत्वमा र युरोपबाट जल्मा स्याङ्तानको नेतृत्वमा नेपाली तथा विदेशी नागरिकले सहयोग उपलब्ध गराएको लामाले बताए ।