समाचार

संवाददाता

सिधाखबर \ हेटौँडा ६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाले आफ्नो २२ औ वार्षिक साधारण सभा समापन भएको छ । माघ ८ गतेबाट सुरु भएको साधारण सभा शनिबार समापन भएको हो ।

सभामा संस्थाले जनप्रतिनिधि र पत्रकार सहित ५ जनालाई सम्मान गरेको छ । वडा नम्बर ६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईं, प्रष्टखबर डटकमका वरिष्ठ संवाददाता सुनिल शिवाकोटी, संस्थाको जेष्ठ शेयर सदस्य बासुदेव सापकोटा र सीतादेवी पराजुली, एकल महिला रुकु हुमागाईंलाई सम्मान गरेको हो

20210123120119_IMG_8700-1611391040.JPG

संस्थाका अध्यक्ष गौरव कुमार पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा ६ का वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईंको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा हेटौँडा ६ का वडासदस्य राज कुमार बास्तोला, हेटौँडा १७ का वडा सदस्य टिका प्रसाद तिमल्सिना, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका सदस्य हिमाल पौडेल, सहकारीका सल्लाहकार बासुदेव सापकोटा, नौलो विहानी सहकारी संस्थाका अध्यक्ष भरत सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

20210123_145230-1611393123.jpg

अध्यक्षमा विडारी चयन

२२ औं वार्षिक साधारण सभाबाट संस्थाको अध्यक्षमा सर्वसम्मत उदय विडारी चयन भएका छन् ।  विडारीको नेतृत्वमा ११ सदस्यीय नयाँ समिति चयन गरिएको छ । जसमा उपाध्यक्षमा उदय प्रकाश दहाल रहेका छन् । सदस्यहरुमा भने चित्र कुमार गौतम, रमेश कुमार थापा, श्यामलाल श्रेष्ठ, मन्दिरा फ्याँल घिमिरे, केशव प्रसाद धिताल, गिता न्यौपाने, राजकुमार विडारी, अम्बिका सापकोटा, धन बहादुर गौतम रहेका छन् ।

त्यसैगरी लेखा समिति संयोजकमा केदारप्रसाद गौतम,सदस्यहरुमा बद्रि भण्डारी र सिता सुवेदी चयन भएका छन् ।