समाचार

आज कांग्रेसको वडागत विरोध कार्यक्रम

संवाददाता

नेपाली कांग्रेसले आज देशभर वडावडामा विरोध कार्यक्रम गर्दै छ । ओलीले संविधान माथी चालेको कदम र संसद विघटनको विरुद्ध कांग्रेसले आज वडागत विरोध कार्यक्रम गर्न लागेको हो ।

मकवानपुरको १० स्थानिय तहका १०२ वडामा विरोध कार्यक्रम गरिने पार्टीका प्रवक्ता प्रदिप कोइरालाले बताए । विरोध कार्यक्रमको तयारी भइसकेको समेत बताउदैं कोइरालाले विरोध कार्यक्रममा उपस्थित हुन सबैमा आग्रह गरेका छन् ।