
सिधाखबर \ नेपाल विद्यार्थी संघ मकवानपुरले ओली सरकारले गरेको असंवैधानिक कदम र पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ताको माग सहित सिट्टि जुलुस गरि प्रदर्शन गरिएको छ ।
नेपाली कांग्रेसको पार्टी कार्यालयबाट सुरु गरिएको सिट्टि जुलुस प्रदर्शन बुद्धचोकमा आएर कोण सभामा परिणत गरिएको थियो । सिट्टि जुलुस प्रदर्शनमा पार्टीका उपसभापति विष्णु प्रसाद लामिछाने, प्रवक्ता प्रदिप कोइराला, नेवि संघका केन्द्रीय महामन्त्री प्रभात दाहाल लगायत विद्यार्थीहरुको सहभागिता रहेको नेवि संघ मकवानपुरका अध्यक्ष राजु खतिवडाले बताए ।








