
बागमती प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । ६ महिनापछि शुरु भएको सातौं अधिवेशन पहिलो बैठक बसेर स्थगित भएको हो ।
बैठकमा सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराएका थिए । यसअघि सातौं अधिवेशन सफलताको शुभकामना मूख्यमन्त्री डोरमणि पौडेल, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ, नेकपाकी सांसद अष्टलक्ष्मी शाक्य, विवेकशीलका सांसद रमेश पौडेल, नेमकिपाका सांसद सुरेन्द्र गोसाई, राप्रपाकी सांसद रिता माझी, रिना गुरुङले आफ्ना भनाइ राखेका थिए ।
सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आव्हानसम्बन्धी पत्र, विधेयक प्रमाणिकरणको पत्र र प्रदेश प्रमुखले कार्यभार तोकेको पत्र पढेर सुनाएका थिए ।








