समाचार

बस्तीपुर जेसीस हाँडीखोलाको अध्यक्षमा भेटवाल निर्वाचित

संवाददाता

जेसीआई वस्तीपुर हाडीँखोलाको वर्ष सन् २०२१ को लागि राजेश भेटवाल अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार बस्तीपुरमा भएको चुनावीबाट भेटवाल अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ६० मत प्राप्त गरेका थिए ।

त्यस्तै कार्यकारिणी उपाध्यक्षमा तिन जनाको प्रतिस्पर्धा मध्ये तेजप्रसाद अधिकारी(रमेश) को ६६ मत र आकाश पाठकको ८५ मत प्राप्त गरि विजयी भएको निर्वाचन आयुक्त सुनिल अधिकारीले बताए ।