समाचार

मकवानपुरगढीमा कांग्रेसको विरोध कार्यक्रम

संवाददाता

सिधाखबर \ नेपाली कांग्रेस केन्द्रीय समितिले देशव्यापी रुपमा प्रधानमन्त्रीले चालेको कदमप्रति देशभरका स्थानीय तहमा विरोध कार्यक्रम गरेको छ । प्रतिनिधि सभा विघटन, सर्वसत्तावाद र भष्ट्राचारको विरुद्धमा लोकतान्त्रिक संविधान रक्षाको लागि मकवानपुरगढी गाउँपालिका नेपाली कांग्रेसले वडा नम्बर २ बाँसपानीमा विरोध कार्यक्रम गरेको छ । पार्टीका जिल्ला सहसचिव रामबाबु बानियाँको प्रमुख अतिथ्यता तथा गाउँपालिका सभापति राजविरर मोक्तानको सभाध्यक्षतामा भएको छ ।

No description available.

कार्यक्रममा बोल्दै बानियाँले संविधान ओलीले खोस्टाको रुपमा लिएको र संविधान मिचर संसद विघटन गरेको बताए । कम्युनिष्ट तानाशाहको रुपमा रह्यो यसले पार्टीको विधान बनाउने हो संविधान बनाउने होइन र बनाउन नि नचाहने पार्टी रहेको बताए । जनताको संविधान बचाउनको लाथिग भएपछि कांग्रेस सडक अनि गाउँगाउँ वडा वडामा विरोध गर्नु परेको बताए । ओलीले चुनाव गराउन नसक्ने बताउदैं बानियाँले चुनाव नगराउन तर्फ कांग्रेस लाग्ने बताए ।

कार्यक्रममा जिल्ला सदस्य अर्जुन प्रसाद दाहाल, दोर्जे लामा, क्षेत्र १ का सचिव सुवात सिं थिङ, क्षेत्रीय सदस्य बिष्णु प्रसाद न्यौपाने, निर्वाचित वडा अध्यक्ष आइत सिं लो, बखान सिं पाख्रिन, पुर्व जिल्ला सदस्य बलराम घिमिरे, पार्टीका सङ्गठन विभाग सदस्य गोपाल गौतम, प्रत्यासी उपाध्यक्ष उम्मेदवार मन्दिरा केसी, साविक बुढिचौर सभापति वेदनाथ न्यौपाने, पार्टीका वडा नम्बर ३ का सभापति विजय थोकर, वडा नम्बर ५ का सभापति दीर्घ बहादुर थापा, तरुण दल जिल्ला सदस्य राजकुमार गोले, गाउँपालिकाका तरुण दल अध्यक्ष सानुकान्छा थिङ, गाउँपालिका पार्टी सचिव रामशरण धिताल लगायतले आफ्नो भनाइ राखेका थिए ।