समाचारकला / साहित्य

हेटौंडाको एनएस हलमा चलचित्र प्रदर्शन सुरु

संवाददाता

कोरोनाको महामारीले गर्दा करिब १० महिनादेखि बन्द भएका सिनेमा हलहरु माघ १ बाट चलचित्र प्रदर्शन सुरु भए संगै सञ्चालनमा आएका छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा पनि आजबाट दुईवटा चलचित्र प्रदर्शन भए संगै एनएस सिनेमा हल सञ्चालनमा आएको छ ।

केहि समय अघि मर्मत कार्य भएकोले आज शुक्रबारबाट हल सञ्चालनमा आएको हल संचालक नवराज आचार्यले बताए । एक्सन नायकको रुपमा परिचित नायक शिव श्रेष्ठद्धारा निर्मित एउटा यस्तो प्रेम कहानी नामक नेपाली चलचित्र प्रदर्शन भएको छ । चलचित्रमा शिव श्रेष्ठ,प्रियंका कार्की, बर्षा राउत, आयुष्मान देशराज राजाराम पौडेल लगायतको कलाकारको अभिनय रहेको छ । चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् ।

No description available.

त्यस्तै, हिन्दी भाषामा डविङ गरिएको मदरासी एक्सन नायक विजयद्धारा अभिनित मास्टर नामक चलचित्र पनि प्रदर्शन हुने सञ्चालक आचार्यले बताए । अब नियमित हलमा चलचित्र प्रदर्शन गरिने र सरकारले जारी गरेको सावधानी अनुरुप भौतिक दुरी कायम गरि हल सञ्चालन गरिने बताए ।