समाचार

जनता मावि हाजिरी जवाफ प्रतियोगितामा प्रथम

संवाददाता

शहिद क. रुद्र पाख्रीन स्मति पार्क मकवानपुरगढी ४को आयोजनामा भएको मकवानपुरगढी गाउँपालिका स्तरीय माध्यामिक विद्यालयको हाजिरी जवाफ प्रतियोगितामा जनता माध्यामिक विद्यालय सुकौरा प्रथम भएको छ ।

गाउँपालिकाका ८ वटा माध्यामिक विद्यायलयको सहभागितामा भएको प्रतियोगितामा चण्डिका माध्यामिक विद्यालय द्धितिय र भानु माध्यामिक विद्यालय तृतिय भएको छ । विजयी विद्यालयका विद्यार्थीले क्रमशः प्रथम द्धितिय र तृतियले पाँच हजार, चार हजार र तिन हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमख अतिथ्यता तथा स्मृति पार्क व्यवस्थापन समितिका अध्यक्ष मानकुमारी पाख्रिन नेपालीको सभाध्यक्षतामा भएको थियो । पौष २८ गते तत्कालिन शाही सेनाले हत्या गरेका शहिद क.रुद्र पाख्रीनको १८ औं स्मृति दिवसको अवसरमा उनको सम्झनामा हाजिरी जवाफ कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा वडा ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना, शहिद पाख्रीनकी धर्मपत्नी राममाया पाख्रीन, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।