समाचार

प्रहरी उपरीक्षक राठौंरको बिदाइ

संवाददाता

सामुदायिक सेवा केन्द्र मकवानपुरले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सुशील सिंह राठौंरको सोमबार बिदाइ कार्यक्रम गरेको छ ।
सामुदायिकका अध्यक्ष राम बिष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली टोपी लगाइ दिएर सम्पूर्ण कार्यसमिति लगाएतले जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा सम्मान तथा बिदाई कार्यक्रम आयोजना गरेको हो ।

बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक राठौंरले मकवानपुर बसाईमा लागु औषध न्युनिकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको र सामुदायिक सेवा केन्द्र मकवानपुरको सक्रियताको खुलेर प्रशंसा गरेका थिए ।आफु जहाँ रहे पनि सामुदायिक सेवा केन्द्र मकवानपुर र समग्र मकवानपुरबासीको साथ रहने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । अपराध नियंत्रण गर्न प्रहरीले मात्र संभव नहुने भएकोले समुदायको साथ र सहयोग अपरिहार्य रहेको बताए ।

कार्यक्रममा सामुदायिक उपाध्यक्ष विनोद लामिछाने,सचिव रमिला सापकोटा,कोषाध्यक्ष राम प्रसाद कोइराला,सदस्य कपिल अर्याल,सिताराम पौडेल,नवराज कोइराला लगाएतको उपस्थिति रहेको थियो । प्रहरी उपरिक्षक राठौंरलाई यस अघि मकवानपुर उद्योग वाणिज्य संघले पनि विदाई गरेका थियो ।