समाचार

माघ १ गते सार्वजनिक बिदा

संवाददाता

काठमाडौं \  सरकारले माघ १ गते सार्वजनिक बिदा दिने भएको छ । आइबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । यो बिदा थारु जातीका लागि होइन,अरु जातीले पनि मनाउँछन् । जनताको भावना,आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको जनाइएको छ ।