समाचार

मोबाइल एसोसिएसनको अध्यक्षमा दिनेश लामा चयन

संवाददाता

मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरको अध्यक्षमा दिनेश लामा चयन भएका छन् ।एसोसिएसनको ९ औं साधारणसभा तथा ५ औं अधिवेशनबाट लामालाई अध्यक्षमा चयन गरिएको हो ।

एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर), उपाध्यक्षमा कुमारमणि त्रिपाटी, महासचिवमा राजकुमार दाहाल, कोषाध्यक्षमा नवराज चौलागाईं, सचिवमा शिवराज बास्तोला, सहकोषाध्यक्षमा अनिल बानियाँ चयन भएका छन् । एसोसिएसनको सदस्यमा विशाल श्रेष्ठ, मिलन स्याङतान, कृष्ण श्रेष्ठ, नवराज त्रिपाटी, राकेशकुमार केशरी र प्रविण वैद्य चुनिएका छन् ।

No description available.

एसोसिएसनका निवर्तमान अध्यक्ष एसिस रिजालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, एसोसिएसनका संस्थापक अध्यक्ष छतेन्द्र आचार्य, निवर्तमान अध्यक्ष अकुरप्रसाद गौतम लगायतको आतिथ्यता थियो ।

कार्यक्रममा सिलिकन नेपाल प्रालिद्धारा स्थापित स्व. पशुपतिराम आचार्य स्मृति पुरस्कार २०७७बाट खेलकुद क्षेत्रमा क्रियाशिल युवा सुशिल घिमिरेलाई दश हजार नगद सहित सम्मान गरिएको थियो । गौतम मोवाइलको तर्फबाट एसोसिएसनका एकल महिला सदस्य अनिता राईलाई नगद पाँच हजार पचास रुपैयाले सम्मान गरिनुका साथै विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।