समाचार

नेपालमा थप ४०९ जनामा कोरोना पुष्टि

संवाददाता

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ४०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४९५ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख ५६ हजार १६१ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १३३ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ८९९ जना पुगेको छ ।