
हेटौंडा उपमहानगरले हेटौडा १०को राप्ती खोलाको बगर डम्पिङ साइटको रुपमा सञ्चालन गर्दै आइरहेको छ । उपमहानगरले हेटौंडा बजारभित्रको फोहर सङ्कलन गरी सोही स्थानमा लगेर थुर्पाने कार्य गरिरहेको छ । सोही स्थानबाट आउने दुर्घन्ध र फोहोरवस्तु जलाउनाले आफूहरुलाई समस्या परेको हेटौंडा १० स्थिती न्युरेनीबासीहरु बताउछन् ।
बजारका घरघरबाट सङ्कलन गरी थुपारिएको फोहोरबाट निस्किएको प्रदुषणले मानवीय तथा वातावरणीय असर परेकोबारे स्थानीयबासीले र सरोकारवालाले बताउँदा पनि फोहोर सङ्कलन तथा व्यवस्थापनमा लागिपरेको हेटौंडा उपमहानगरपालिकाले वेवास्ता गरेको पाइएको एक स्थानियले बताए ।
स्थानीयका अनुसार मंगलबार फोहोर जलाएकाले प्रदुषण भएको र यसलाई रोक्न वा व्यवस्थित गर्न उपमहानगरको ध्यान जानुपर्ने बताएका छन् । नेपाल तरूण दल हेटौंडा उपमहानगरका अध्यक्ष सुनील गिरीले सामाजिक संजाल मार्फत बजारबाट सङ्कलन गरिएको फोहोरबाट फैलिएको दुर्घन्धका कारण स्थानीय विपन्न तथा गरिब नागरिकको जीउने अधिकार हनन हुन पुगेको बताउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।








