समाचार

थाहानगरमा ट्रक दुर्घटना, ३ जना घाइते

संवाददाता

हेटौँडा \ त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिका वडा नम्बर-१२ तारुका स्थित सडकखण्डमा वीरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको अनटेष्ट मिनिट्रक दुर्घटना भएको छ।

अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खस्दा ३ जना घाइते भएका छन्। दुर्घटनामा ट्रक चालक विरगंज महानगरपालिका वडा नम्बर-१२ बस्ने ३२ बर्षीय लाल बाबु ठकुराई,

ट्रकमा सवार विरगंज-१२ का १८ वर्षीय विष्णु दास र ट्रकमा सवार नाम थर उमेर नखुलेको अन्दाजी २४ बर्षीय एक युवक घाइते भएको इलाका प्रहरी कार्यालय कार्यालय पालुङले जनाएको छ।घाइतेहरुलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको जनाइएको छ।