
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको वार्षिक साधारणसभाबाट पद्मिनी प्रधानाङ्गलाई अध्यक्ष चयन गरिएको छ । सोमबार सम्पन्न २५ औँ वार्षिक साधारणसभाबाट उनलाई अध्यक्षमा चयन गरिएको ट्रान्सपरेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी कार्यसमिति सदस्यमा मुकुन्द बहादुर प्रधान, किरण थापा, बुद्धिनारायण श्रेष्ठ, कृष्ण ज्ञवाली, आर्या श्रेष्ठ पुनः निर्वाचित भएका छन् । यसैगरी डा. सागरराज शर्मा र मदनकृष्ण शर्मा पनि सदस्यमा निर्वाचित भएका छन् । सभाले संस्थाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ ।








