
जेसीआई हेटौंडा लेडीको वर्ष २०२१ को अध्यक्षमा प्रतिमा श्रेष्ठ अध्यक्षमा निर्वाचित भएकी छिन् । हेटौंडामा आइतबार सम्पन्न निर्वाचन कार्यक्रमबाट सर्वसम्मत रुपमा श्रेष्ठ अध्यक्षमा निर्वाचित भएकी हुन् । यस्तै निर्वाचन कार्यक्रमबाट कार्यकारिणी उपाध्यक्षमा कविता पौडेल र दिलमाया घर्ती निर्वाचित भएका छन् । उपाध्यक्षमा भने अस्मिता न्यौपाने, ज्योति काफ्ले, सुनिता राई र शिखा भट्टराई भएका छन् ।
जेसीआई हेटौंडा लेडीको वर्ष २०१२ की अध्यक्ष एवम् वर्तमान समितिमा कानुनी सल्लाहकार समेत रहनुभएकी निर्वाचन आयुक्त रश्मि बस्नेतले सर्वसम्मत निर्वाचित पखाधिकारीहरुको नाम घोषणा गरेकी थिइन् । उनले अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षमा आवश्यक संख्याअनुसार नै उम्मेद्वारी परेसँगै सर्वसम्मत निर्वाचित भएको बताइन् । ८९ जना साधारण सदस्य रहेको जेसीआई हेटौंडा लेडीको साधारणसभाको उद्घाटन कार्यक्रम शनिबार वर्ष २०२० की अध्यक्ष सुशिला पौडेलको सभाध्यक्षतामा भएको थियो ।








