
बागमती प्रदेशको राजधानी हेटौंडामा मिस टिन हेटौंडा सिजन २–२०२१ हुने भएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजक कम्पनी पल ईन्टरटेन्डमेन्ट प्रा.लिका अध्यक्ष धुव्र गौतमले हेटौंडामा हुन लागेको मिस टिन हेटौंडा सिजन २ को बारेमा जानकारी दिएका छन् । उनले २०२१ जनवरी महिनाभित्र रजिष्ट्रेशन फर्म खुला गरिएको जानकारी दिए ।
उनले १४ वर्ष देखि २२ वर्ष उमेर समुहका युवतीहरु सहभागी हुन पाउने मिस टिनको सहभागिताको रजिष्ट्रेशन शुल्क ११ हजार रहेको बताए । उनले फेरब्ररी अन्तिममा सम्पन्न हुने मिस टिन हेटौंडा सिजन २ को विजेताले १ लाख ५० हजार रुपँया प्राप्त गर्ने बताए । यसैगरि फस्ट रनर अपले एक लाख, सेकेन्ड रनर अपले ५० हजार र भ्युअर च्वाइसले रुपैया २५ हजार प्राप्त गर्ने बताए ।
ईन्टरटेन्डमेन्टले हाल सम्म पाँच वटा इभेन्ट गरिसकेको कम्पनीका डाईरेक्टर प्रितम मिश्रले बताए । उनले यस कार्यक्रममा करिब २३ लाख ६० हजार खर्च हुने बताए । हेटौंडाको हुप्राचौरको ट्रटल रेष्ट्रो, स्कुलरोडको डिसिने फिल्मस् , पारिजातपथको स्टार डिजिटल आर्ट र खोपेगल्लीको आर्शिवाद होटलमा फर्म उपलब्ध हुने जनाइएको छ । प्रतियोगितामा करिब ३० जना प्रतिस्पर्धीहरु सहभागी रहने जानकारी दिएका छन् ।








