
हेटौंडा ११ नवलपुरमा रहेको बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पहिलो सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । हेटौंडा उपमहानगरभरि कार्यक्षेत्र रहेको सहकारीले हेटौंडा १० आँखा अस्पतालरोडमा आफ्नो पहिलो सेवा केन्द्र सञ्चालन गरिएको संस्थाका अध्यक्ष आशा अधिकारीले बताइन् ।
हेटौंडा १० का वडा अध्यक्ष किताब सिं लामाले सेवा केन्द्रको उद्घाटन गरेका थिए । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष विष्णुमाया लामा, वडा १० का सदस्य साधना श्रेष्ठ, रुपा सुनार लगायत संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
सेवा केन्द्रमा पुस महिना बचत संकलनको कार्य गरिने र माघ महिनाबाट बचत र ऋण प्रवाह पनि गरिने संस्थाका व्यवस्थापक उर्मिला ज्ञवालीले बताइन् । संस्थाले १७ करोड ५० लाख कारोबार गरेको छ भने २० लाख सम्म धितोमा लगानी गर्दै आइरहेको छ । २ हजार ४१० शेयर सदस्य रहेको संस्थामा १ करोड ७७ लाख पुँजी रहेको छ ।








