समाचार

नारायणी सहकारीद्धारा आश्रमलाई खाद्यान्न सहयोग

संवाददाता

हेटौंडा ९ स्थित मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरिएको छ । नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा तथा रजत महोत्सव कार्यक्रम अन्र्तगत मंगलबार मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।

एक कार्यक्रमका बीच सहकारीले सहयोगापेक्षी बेसाहारा मानिसहरुको सरक्षण गर्दे आएको मानवसेवा आश्रमको मुख्य कार्यालय हेटाँैडामा खाद्यान्न सहयोग गरेको हो । चामल, दाल, तेल, पिठो, विस्कुट लगायतका खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको प्रमुख अतिथ्यतामा खाद्यान्न वितरण गरिएको थियो । कार्यक्रममा हेटौंडा ९ का वडा अध्यक्ष लक्ष्मण भण्डारी, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल लगायत संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । संस्थाका अध्यक्ष रामहरी न्यौपानैको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

संस्थाले सप्ताहव्यापी कार्यक्रम अन्तरगत ९ गते सरसफाइ तथा स्मारिका विमोचन, १० गते नगर स्तरीय मावि तह वक्तृत्वकला प्रतियोगिता, ११ गते रक्तदान कार्यक्रम, १२ गते औद्योगिक क्षेत्रमा निर्मित व्यवसायिक भवन अगाडी धुपीको विरुवा रोपिएको थियो । १३ गते शेयर सदस्य र सञ्चालक कर्मचारी बीच सेभेन ए साइड फुटबल प्रतियोगिता गरेको र भोली १५ गते समापन गरिने अध्यक्ष न्यौपानेले बताए ।