
काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख ५१ हजार ३१२ जना पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३९६ जना रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ८४० पुगेको छ ।








