
जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा यौनजन्य दुव्र्यवहार विरुद्ध विशेष अभियान कार्यक्रम सुरु भएको छ । सोमबार सामुदायिक सेवा उप—केन्द्र तथा सामुदायिक प्रहरी सेवा उपकेन्द्रको समन्वयमा हेटौंडा—१० बसपार्कमा अभियानको सुरुवात गरिएको हो । यो अभियान १५ दिनसम्म चल्ने छ । प्रहरी प्रधान कार्यालय नक्सालको कार्य योजना अन्तर्गत २०७७ सेफ्टी पिन क्याम्पेन विषयक आयोजना गरिएको हो ।
सार्वजनिक स्थान र सार्वजनिक यातयातमा हुने यौनजन्य दुव्र्यवहार सम्बन्धी अपराध बारे आम नागरिकहरुमा जनचेतना अभिवद्धि गराउने कार्यक्रमको मुख्य उदेश्य रहेको छ । सामुदायिक सेवा उप—केन्द्रका अध्यक्ष प्रदिप कंडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरकी प्रहरी सहायक निरिक्षक महिला सेलिकी दिपा तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।
सामुदायिक प्रहरी सेवा केन्द्रका पशुपति नगरका अध्यक्ष राम विष्ट, सामुदायिक प्रहरी सेवा केन्द्र थानाभ¥याङका प्रतिनिधि निमा भण्डारी, यता पशुपति नगरकी प्रतिनिधि लिला गैरे, समाज सेवि श्याम कर्मचार्य, बासुलाल श्रेष्ठ, विकास बानियाँ, दिपेश खड्की, बसपार्कका प्रहरी इन्चार्ज प्रहरी सहायक निरिक्षक सुरेन्द्र हजरा, साना हातका स्टेशन म्यानेजर, डिकम्बर रुपाचा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम महिला अधिकारकर्मी शर्मीला श्रेष्ठले सञ्चालन गरेकी थिईन् ।
१५ दिनसम्म चल्ने अभियान मकवानपुरको विभिन्न सार्वजनिक स्थलमा हुने प्रहरी तामाङको भनाई छ ।








