
मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको ऐतिहासिक मकवानपुरगढी दरवार प्रवेश गर्ने पश्चिमी सडक खण्डको स्याब ढलान निमार्ण कार्य आईतवार बाट सुरु भएको छ ।
१ हप्तामा सकिने गरि सुरू भएको सडक ढलानको ५ मिटर चौडा र ७०० मिटर लम्बाई रहेको वडा नम्बर २ का वडा अध्यक्ष बखान सिंह पाख्रीनले बताए । संघीय सरकारको समपुरक लगानीमा निर्माण गर्न लागेको स्याब ढलान सडकको कार्य आर.बी बिल्डर्सले निर्माण गर्न लागेको हो ।
आइतबार वडा अध्यक्ष बखानसिह पाख्रिन, वडा सदस्य राम प्रसाद पुडासैनी, गाउँपालिकाका प्राविधिक विष्णु ढुगांना, निर्माण कम्पनीका प्राविधिक तथा स्थानियहरुको उपस्थिती रहेको थियो । सडक निमार्ण कार्य पश्चात ऐतिहासिक गढी दरवारको पश्चिम गेटबाट प्रवेशको लागि आन्तरिक तथा बाह्य पर्यटनको लागि आवत जावतमा सजिलो हुने जनाइएको छ ।








