
हेटौंडा ७ नागस्वतीमा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा समापन भएको छ । गत मंसिर २६ गतेबाट सुरु भएको विभिन्न चरणका सभा आज शनिबार समापन भएको हो ।
हेटौंडा उपमहानगरका प्रमुख हरि बहादुर महतको प्रमुख अतिथ्यतामा सभा भएको हो । सहकारीले आफ्नो शेयर सदस्यलाई २८ करोड ६४ लाख ९१ हजार ४३८ रुपैया लगानी गरेको छ । पाँच हजार भन्दा बढी शेयर सदस्य रहेको हेटौंडा साकोसमा ३ करोड ६५ लाख ७ हजार ८ सय पुँजी रहेको छ भने बचत निक्षेप ३७ करोड ६७ हजार ३७९ रहेको छ ।
संस्थाले यस वर्ष १ अर्व ३७ करोड भन्दा बढीको कारोबार गर्न सफल भएको छ भने आगामी वर्षको लागि १ अर्ब ५३ करोडको बजेट प्रस्तुत गरेको छ ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, हेटौंडा ७ नम्बरका अध्यक्ष राजन थापा लगायतकाको उपस्थिती रहेको थियो । सभामा सहकारीले विभिन्न विधामा विभिन्न व्यक्तीत्वहरुको सम्मान गरेको थियो । जसमा मासिक बचत तर्फ बलराम महत ,अम्बिका नेपाल र ईन्द्र कुमारी बस्नेत, असल ऋणीतर्फ धनशकंर खतिवडा मिनकुमारी लामिछाने र ईन्दिरा चापागाई दैनिक बचततर्फ नवराज गुरुङ, रोहित कुमार केबी, जेष्ठ नागरिक सदस्यतर्फ राम बहादुर पराजुली, बालबचत तर्फ ईभाना श्रेष्ठ, ईशान राज कार्की र जागृत बोहरा, पत्रकारतर्फ प्रदेश दैनिकका विजय पौडेल रहेका छन् ।








