समाचार

संवेदनशील टोल विकासमा कोइरालाको नेतृत्व

संवाददाता

हेटौंडा \ हेटौंडा ९ मा रहेको संवेदनशील टोल विकास संस्थाको नवौं वार्षिक साधारण सभाबाट अध्यक्षमा नवराज कोइराला निर्वाचित भएका छन् । सभाबाट संस्थाको उपाध्यक्षमा धन निरौला, सचिवमा लक्ष्मी वन, कोषाध्यक्षमा किशोर अर्याल, सदस्यहरूमा जीवन कुमार मिश्र, शान्ता सिग्देल र शुसिला खतिवडा निर्विरोध निर्वाचित भएका छन् ।

No description available.

हेटौडा वडा नं. ९ का अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको प्रमुख आतिथ्यतमा भएको भेलामा वडा सदस्य सुकराम केसी, लक्ष्मी नेपाली, टोल विकास नगर समन्वयका उपाध्यक्ष सती न्यौपाने, ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख देवराज काफ्ले, टोल विकास नगर समन्वयका सदस्य एवं भुगोल इन्चार्ज रामचन्द्र दाहाल, सन्तोषी टोल विकास संस्थाका अध्यक्ष कुमार पौडेल लगाएतको उपस्थिति रहेको थियो । सभा टोल विकासका अध्यक्ष यदुवंश खतिवडाको सभाअध्यक्षमा भएको थियो ।