समाचार

सर्वोत्तम संचिती साकोसको साधारण सभा समापन

संवाददाता

सिधाखबर \ हेटौंडा ८ कमाने स्थित सर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभा शनिबार समापन भएको छ । कोरोना भाइरसले गर्दा सहकारीले गत ४ गतेबाट सुरु भएको सभा आज समापन गरेको हो ।

संस्थाका अध्यक्ष रामबहादुर बस्नेतको सभाध्यक्षमा भएको कार्यक्रममा हेटौंडामा उपमहानगरका प्रमुख हरि बहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाले साभामा उत्कृष्ठ बचतकर्ता,कर्मचारी, समुह र असल ऋणी लाई सम्मान गरेको थियो । संस्थाले शेयर धनी लाई आत्मानिर्भर बन्न व्यवसायिक ऋण, घरायसी ऋण, शैक्षिक ऋण र विभिन्न उद्देश्यका लागि धितो जमानत उपलब्ध गराउदै आएको छ ।

सभामा तीन वटा सरकारी विद्यालयका जेहेन्दार र आर्थिक न्युन रहेका ३ जना विद्यार्थीलाई पोषाक वितरण गरिएको थियो ।  सहकारीले आफ्नो शेयर सदस्य १ करोड, ७४ लाख २ हजार ८३१ लगानी गरेको छ भने पुँजी ९३ लाख ४४ हजार ५ सय रहेको छ ।

सहकारीले शुद्ध तोरीको तेल, घरायसी सामानहरु, सर्वोतम मिठो, जौको सातु,कोदोको पिठो,चनाको सातु ,फपरको पिठो, मकैको च्याख्ला जस्ता १३ थरिका वस्तु उत्पादन गर्दै विक्रिवितरण गर्दै आइरहेको छ ।

सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मिना चौरेल, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, संस्थाका पुर्व अध्यक्ष टिका प्रसाद कंडेल, हिमगंगा प्राविका अध्यक्ष रमेश कुमार पौडेल, पतंजली योगका रामकृष्ण थापा लगायतको उपस्थिती रहेको थियो ।