समाचार

साथी मार्टको ५५ औं शाखा हेटौंडामा सञ्चालन सुरु

संवाददाता

सिधाखबर \ बागमती प्रदेशको राजधानी हेटौंडामा फेन्चाईको साथी मार्ट डटकम सञ्चालनमा आएको छ । नेपालका विभिन्न प्रमुख शहरमा समेत सञ्चालन भएको मार्ट हेटौंडामा भने ५५ औं रहेको सञ्चालक शम्भु पुडासैनीले बताए ।

शुक्रबार एक कार्यक्रमका बीच पुडासैनीले आफ्नी छोरीबाट उद्घाटन गरि विक्रीवितरण सुरु गरेका छन् । फेन्चाई साथी मार्ट एक वर्षमा नेपालभर ३ सय शाखा सञ्चालन गरिने योजना रहेको जनाइएको छ ।

No description available.

८० लाख लगानीमा हेटौंडा पारिजातमा सञ्चालन भएको साथी मार्टमा भेज ननभेज सामाग्रीहरु छुट्टाछुट्टै पाइनुका साथ आइसक्रिम, बेकरी, कस्मेटिक, किराना सामाग्रीका साथ पेयपदार्थ समेत उपलब्ध हुने संचालक रजनी श्रेष्ठले बताइन् । सञ्चालन सुरु भएको तिन दिन सम्म ५ प्रतिशत छुटको व्यवस्था रहेको श्रेष्ठ बताउछिन् ।