
हेटौँडा-६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
वन उपभोक्ता समूहका अध्यक्ष अर्जुन प्रसाद दाहालको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईंलेको प्रमुख आतिथ्यतामा भेला भएको हो।
भेलामा समुहका अध्यक्ष अर्जुन प्रसाद दाहालले प्रगति प्रतिवेदन,लेखा संयोजक श्याम लाल श्रेष्ठले आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन र कोषाध्यक्ष राजन चौलागाईंले चालु आर्थिक वर्षको २०७७/७८ को करिब १ करोड ४६ लाख ७६ हजारको अनुमानित आय व्यय विवरण प्रस्तुत गरेका थिए।
भेलामा प्रमुख आतिथी चौलागाईं सहित हेटौँडा-१७ का वडा सदस्य टिका प्रसाद तिमल्सिना,समुहका पुर्व अध्यक्ष उदय विडारी, कामधेनु सहकारी संस्थाका अध्यक्ष गौरव कुमार पराजुली,उपाध्यक्ष कल्पना पराजुली, सचिव सरिता गौतम,कार्यालय सचिव केदार गौतम, रानी सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव भिमसेन पौडेल,समाजसेवी हीरादेवी दाहाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए।








