
मकवानपुरको राक्सिराङ गाउँपालिकामा शुक्रबार सार्वजनिक बिदा दिइएको छ । डिसेम्बर २५ अर्थात आज क्रिश्चियन धर्मावलम्बीहरुको क्रिस्मस परेकोले गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । गाउँ कार्यपालिका बैठकले क्रिस्मसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाईएको छ ।
त्यस्तै, बकैया गाउँपालिकाको कार्यालयले पनि सार्वजानिक विदा दिएको छ । क्रिश्चियन धर्मावलम्बीहरुको क्रिस्मस डे परेकोले शुक्रबार गाउँपालिकाले सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष दामोदर खनालले बताए ।








