समाचार

महिला अधिकारकर्मी श्रेष्ठले गरिन् जन्मदिनमा खाद्यान्न सहयोग

संवाददाता

हेटौँडा \  मकवानपुरकी महिला अधिकारकर्मी तथा कांग्रेस महिला विभाग केन्द्रीय सदस्य शर्मिला श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा हेटौँडा-१८ मा रहेको रिहो गुम्बामा खाद्यान्न र म्याट सहयोग गरेकी छिन् । हेटौँडा-१० राम मन्दिर निवासी श्रेष्ठले आफ्नो ४५ औ जन्मदिन फजुल खर्च गरेरे मनाउनु भन्दा,सो रकमले न्युन आय भएका र राहतको पर्खाइमा रहेका व्यक्तिलाई सहयोग गर्ने उदेश्यले हेटौँडा-१८ मा रहेको उक्त गुम्बामा आश्रीत १८ जना बालबालिकालाई सहयोग होस भनेर खाद्यान्न सहयोग गरेको बताइन।

हाल सम्म यस गुम्बामा कसैले पनि सहयोग नगरेको भन्ने खबर पाएकोले, ओझेलमा परेको यस गुम्बामा आफ्नो जन्मदिनमा सहयोग गरेको हु । उनले १ बोरा चामल,५ किलो दाल,१ बोरा आलु र चिसोबाट बच्न २ रोल म्याट सहयोग गरेकी छिन् । श्रेष्ठले उक्त साम्रागी बुधबार दिउँसो गुम्बामै पुगेर रिहो गुम्बामा अध्यक्ष जित बहादुर लामालाई हस्तान्तरण गरेकी थिइन् ।

सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर सदस्य सुनिल अधिकारी, कांग्रेस मकवानपुरका नेता सैलेन्द्रराज बानियाँ,तरुण दल क्षेत्रिय सभापति संजय श्रेष्ठ,नेपाल लोकतान्त्रिक संघका सह-सचिव दिपेश खड्गी,सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौँडा बसपार्कमा अध्यक्ष प्रदिप कंडेल,तरुण दल हेटौँडा-१८ सभापति अशोक गौतम,तरुण दल हेटौँडा-१८ का नेता रामचन्द्र सिलवाल, समाजसेवी सरस्वती खरेल लगायतकाको उपस्थिति रहेको थियो।